Publications

नेपालमा कृषिको व्यवसायीकरण

निम्न तहको आर्थिक वृद्धिसँगै ग्रामीण जनसङ्ख्याको बाहुल्यता, गरिबीको उच्च दर र निर्वाहमुखी कृषि नेपालका प्रमुख अभिलक्षणहरू हुन् ।
नेपालका प्रमुख अभिलक्षणका रूपमा रहेका यी कारकहरूका बीचमा विभिन्न तहमा परस्पर सम्बन्ध रहेको हुन्छ । देशको जनसङ्ख्याको झण्डै ८० प्रतिशत जनता ग्रामीण परिवेशमा बसोबास गर्दछन् । उनीहरूको जीविका मुलभुत रूपमा कृषि कार्यले धानेको छ । ग्रामीण क्षेत्रमा गरिबीको दर सहरी क्षेत्रको भन्दा तेब्बर बढी रहेको छ । मुख्यत ग्रामीण जनसङ्ख्या कृषिमा धेरै नै निर्भर रहेको हुन्छ । तसर्थ नेपाली तथा समस्त मानव विकासमा आर्थिक वृद्धि, गरिबी उन्मुलन, उच्च जीवनस्तरका लागि एउटा प्रमुख मुद्दा कृषि क्षेत्र हो ।

यस सन्र्दभमा, आर्थिक वृद्धि तथा गरिबी निवारणको माध्यमका रूपमा कृषिको व्यवसायीकरणलाई प्रस्तावित गरिएको छ । देशको आर्थिक वृद्धिदर बढ्दो उत्पादनमा निर्भर रहने हुनाले पाँचौ पञ्च वर्षिय योजना (१९७५–८०) को निरूपणमा कृषि उच्च प्राथमिकतामा परेको थियो । यसका साथै कृषि उत्पादनमा विविधता ल्याएर कृषिलाई औद्योगिकरण पनि गर्न सकिन्छ (Savada, 1991) । बीस वर्षीय कृषि गुरु योजना (Agriculture Perspective Plan- APP) ले सरकारले कृषि क्षेत्रलाई दिएको महत्व र कृषिको सम्भावित व्यापारीकरणको अवस्थालाई पनि दर्साउँदछ ।

यद्यपि, कृषिमा ल्याउन चाहेका क्रान्तिकारी परिवर्तन र कृषि क्षेत्रको विकास पुर्णरूपमा यथार्थमा बदलिएको छैन । यसै सन्दर्भमा यस लेखमा नेपालमा कृषिको व्यवसायीकरणमा देखिएका नीतिगत मामिला, संस्थागत चुनौती र व्यवहारिक मार्गसम्मको विश्लेषण गर्ने प्रयास गरिएको छ ।

Download “Commercialization of Agriculture in Nepal -Nepali” Samriddhi-Discuss-Paper-on-Agriculture-Nepali.pdf – Downloaded 51 times – 452 KB