समृद्धि फाउण्डेशनले क्यानाडाको फ्रेजर इन्स्टिच्युटसँग सहप्रकाशन गरी आज सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१६ मा नेपाल १५९ राष्ट्रहरुमध्ये १०८औं स्थानमा रहेको छ । गत वर्ष यस प्रतिवेदनमा नेपाल १५७ राष्ट्रहरु मध्ये १०६ औं स्थानमा रहेको थियो । समृद्ध्रिले फाउण्डेशनले लगातार नवौं पटकको लागि नेपालमा यस वार्षिक आर्थिक स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गरेको हो ।
विगतका विभिन्न अध्ययनहरुले देखाए अनुसार, आर्थिक स्वतन्त्रताको माथिल्लो पंक्तिमा रहेका राष्ट्रहरुका जनताहरुमा बढी समृिद्ध, बढी राजनीतिक र नागरिक स्वतन्त्रता र लामो औसत आयु पाइन्छ । उदाहरणका लागि, आर्थिक स्वतन्त्रताको सूचीमा माथि रहेको राष्ट्रहरुको सन् २०१४ मा औसत प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन ४१,२२८ अमेरिकी डलर रहेको थियो भने आर्थिक स्वन्तन्त्रता सूचीको निम्न पंक्तिमा रहेका राष्ट्रहरुको चाँहि ५,४७१ अमेरिकी डलर थियो । त्यसबाहेक, आर्थिक रुपले स्वन्तन्त्र राष्ट्रहरुमा सबै भन्दा गरिब १० प्रतिशतको औसत आम्दानी (अमेरिकी डलर ११,२८३) पनि आर्थिक रुपले अस्वतन्त्र राष्ट्रहरुको समग्र औसत आम्दानी भन्दा अधिक छ ।
नेपालको प्रदर्शनी
नेपाल यस वर्षको प्रतिवेदनमा ६.५४ (१ देखि १० सम्मको क्रममा, अधिकतम मानको अर्थ अधिकतम आर्थिक स्वतन्त्रता) अंकका साथ् १५९ राष्ट्रहरु मध्ये १०८ औं स्थानमा रहेको छ । यस अंकका साथ गत वर्षको तुलनामा नेपाल २ स्थान तल झरेका हो । गत वर्ष ६.५६ अंक ल्याएर १५७ राष्ट्रहरु मध्ये नेपाल १०६ औ स्थानमा रहेको थियो।
गत वर्षको तुलनामा आर्थिक स्वतन्त्रताको विभिन्न परिसूचकरुमा नेपालले ल्याएको अंक
१. सरकारको आकार स् गत वर्षको अंक ८.७२, यस वर्षको अंक ७.८९
२. न्याय व्यवस्था तथा सम्पति माथिको अधिकारको सुरक्षास् गत वर्षको अंक ४.३३, यस वर्षको अंक ४.७९
३. स्वस्थ मुद्रा माथिको पहुँचस् गत वर्षको अंक ६.४२, यस वर्षको अंक ६.४३
४. अन्तराष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतास् गत वर्षको अंक ६.४७, यस वर्षको अंक ६.७२
५. कर्जा, श्रम र व्यवसायमा नियमनको व्यवस्थास् गत वर्षको अंक ६.८५, यस वर्षको अंक ६.८७
अन्तर्राष्ट्रिय प्रदर्शनी
प्रतिवेदनका अनुसार विश्वभरमा सबैभन्दा उच्चदरको आर्थिक स्वन्तन्त्रता कायम गरेका दश उत्कृष्ट राष्ट्रमा १० अंकमा ९.०३ ल्याउदै हंगकंग पहिलोमा गर्दै, सिंगापोर (८.७१), न्यु जिल्यान्ड (८.३५), स्विजरर्लैड (८.२५), क्यानडा (७.९८), जर्जिया (७.९८), आयरल्याण्ड (७.९८), मरिसियस (७.९८), युनाईटेड अरब एमीरेटस (७.९८), अष्ट्रेलिया (७.९३) र संयुक्त अधिराज्य (७.९८) लगातार अब्बल स्थानमा रहे । अन्य केहि उल्लेख्य राष्ट्रहरुमा जर्मनी (७.५५), जापान (७.४२), फ्रान्स (७.३०), रसिया (६.६६), भारत (६.५०), चीन (६.४५) र ब्राजिल (६.२७) रहेका छन् । त्यसै गरी, इरान, अल्जेरिया, च्याड, अंगोला, सेन्ट्रल अफ्रिकि रिपब्लिक, अर्र्जे्न्टिना, रिपब्लिक अफ कंगो, लिब्या र भेनेजुएला लगातार अन्तिम १० स्थानमा रही सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएका देशका रुपमा अगाडी आएका छन् । केहि निरङ्कुश शासन भएका राष्ट्रहरु जस्तै उत्तरी कोरिया र क्युबाहरुको आंकडा नभएको हुदा मापन भएको छैन ।
प्रतिवेदनको बारे
यस विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन, क्यानडा स्थित सार्वजनिक नीति प्रतिष्ठान, फ्रेजर इन्स्ट्यिुटद्वारा इकोनोमिक फ्रिडम नेकर्वकसँगको सहकार्यमा वार्षिक रुपमा प्रकाशित गरिन्छ । इकोनोमिक फ्रिडम नेकर्वक विश्वका लगभग १०० मुलुकका स्वतन्त्र सार्वजनिक नीति प्रतिष्ठानहरुको छाता संगठन हो । समृद्धि फाउण्डेशन, यस आर्थिक स्वतन्त्रता सञ्जालको सदस्य र प्रतिवेदनको सह प्रकाशक पनि हो । यो आर्थिक स्वतन्त्रता प्रतिवेदन विश्वको आर्थिक स्वतन्त्रता मापन गर्ने मुख्य र प्रमुख श्रोत हो र यसले आर्थिक स्वतन्त्रता सुचकाङ्कको निर्माण गरेको छ र ती परिसुचकहरु पाँच वर्गमा पर्दछन् – सरकारको आकार; असल मुद्रा (साउन्ड मनि) मा पहँुच; अन्तराष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता; ऋण, श्रम र व्यापार सम्बन्धि नियमन व्यवस्था ; र कानुनी संरचना र सम्पत्तिको अधिकारको सुरक्षा । दुई वर्ष पहिलेको तथ्यांक प्रयोग भएको हुँदा प्रतिवेदनले सोहि समयको आर्थिक स्वतन्त्रताको अवस्था चित्रित गर्दछ (यस वर्षको प्रतिवेदनले २०१४ को आर्थिक स्वतन्त्रताको अवस्था झल्काउने) ।
यो रिर्पाेटको पूर्ण संस्करण www.freetheworld.com मा पाउन सकिन्छ ।
आर्थिक स्वतन्त्रता सम्बन्धि भिडियोको लागि यहाँ क्लिक गर्नुहोस् ।
यस वर्षको प्रकाशनले १५९ राष्ट्र र सिमाहरुको आर्थिक स्वतन्त्रता मापन गरेको छ । पहिलेको संस्करणमा उल्लेखित भएका विभिन्न मुलुकहरुले पाएको अंकहरु पनि यस संस्करणमा सबै संसोधन गरिएको छ । यहाँ उल्लेखित सबै प्रकाशनहरु पाउनका लागि :
स्वतन्त्र र समृद्ध नेपाल निर्माणार्थ सार्वजनिक नीतिहरुको अध्ययन अनुसन्धान गर्ने समृद्धि फाउण्डेशन सन् २००७ मा स्थापित गैर नाफामूलक र स्वतन्त्र सार्वजनिक नीति अध्ययन प्रतिष्ठान हो । समृद्धि फाउण्डेशन आर्थिक स्वतन्त्रता सञ्जाल (Economic Freedom Network) को सदस्य हो र क्यानडाको फ्रेजर इस्टिच्युटसँग मिलेर यस फाउण्डेशनले विश्वको आर्थिक स्वतन्त्रता प्रतिवेदन वार्षिक रुपमा सहप्रकाशन गरी नेपालमा सार्वजनिक गर्ने गर्दछ ।