नेपाल पुनर्निर्माणका विचारहरु
विचारहरुको बजारः नागरिक समाज, समुदाय र राजनीतिक वर्गकाे दुई दिने सम्मेलन
जेष्ठ २८ र २९, २०७२
परिचय
बैशाख १२, २०७२ मा आएको ७.८ म्याग्निचुडको भुकम्प, नेपाल सरकारकले वर्तमान इतिहासमा सामना गरेको सबैभन्दा चुनौतिपूर्ण प्राकृतिक विपत्तिको घटना रह्यो । तुरुन्त उद्दारको काममा सरकारले चुस्तता देखाएता पनि अहिले सम्म पूर्ननिर्माणका लागि वृस्तृत रणनीति बन्न सकेको छैन । यस भूकम्प अगावै विभिन्न सरकारी निकायहरुबीचको संयोजन र परिचालनमा समस्या झेलिरहेको सरकारले, झन यस्तो विपत्तिको सामना गर्नुपरेपछि अवश्य पनि संयोजनको कार्य अझ कठिन हुन पुगेको छ । यसैबीच, पिडितलाई राहत पुर्याई, पुर्ननिर्माणको काममा विभिन्न संघ–संस्था, व्यक्ति र राजनितिक कार्यकर्ता आ−आफ्ना कार्यक्रम लिएर प्रभावित क्षेत्रमा पुगी सकेका छन् । नेपाल सरकारले पनि आफ्नो पूर्ननिर्माणको रणनीति तथा योजना तर्जुमा गर्न विभिन्न विज्ञहरुको सल्लाह तथा सूझाव संकलन गरीरहेको छ । नेपाल सरकारको यहि प्रयासमा टेवा पुर्याउनका लागि विभिन्न पक्ष, संघ–संस्थाहरुबीच िवभिन्न विचारहरुमा बहस तथा छलफल हुने मञ्चको अवश्यकता देखेरजेष्ठ २८ र २९, २०७२ मा नेपाल पुनर्निर्माणका विचारहरु नामक दुई दिने सम्मेलन आयोजना भईरहेकाे छ । यस सम्मेलनले नेपालको पूर्ननिर्माणका विषयमा विभिन्न विचारहरु अघि सारेर, एक कार्यान्वयन योग्य रणनीतिको तर्जुमामा सहयोग पुर्याउने उद्देश्य राखेको छ ।
यस सम्मेलनले केही प्रमुख मुद्दाहरुमा अर्थपूर्ण बहस अघि सार्ने जमर्काे गरेको छ ः विपत पूर्वतयारी तथा व्यवस्थापनलाई चाहिने संरचना र विपत व्यवस्थापन तथा पूर्नर्निमाण लागि चाहिने स्रोतको व्यवस्थापन, आर्थिक पुर्नउत्थान तथा वृद्धिका लागि अपनाउनु पर्ने रणनीति । यस सम्मेलनमा भएका छलफलहरु संकलन गरेको दस्तावेजलाई नेपाल पूर्नर्निमाणका लागि आएको सूझावको रुपमा सरकारी निकाय तथा दात्रि निकाय समक्ष पेश गरीने छ ।
उद्देश्यहरु
यस कार्यक्रमका उद्देश्यहरु निम्नानुसार छन् ः
विपतबाट प्रभावित क्षेत्रमा काम गरीरहेका र काम गर्न इच्छुक संघ, संस्था, व्यक्ति, नागरीक समाजका पात्रहरु, समुदायका अगुवाहरु, राजनितिज्ञ तथा निजि क्षेत्रका प्रतिनिधिहरुलाई एउटा मञ्चमा ल्याई नेपाल पुर्ननिर्माणका विचारहरुमा छलफल तथा विचार विमर्श गर्ने,
जनता तथा समुदायको माग तथा आवश्यकतामा आधारीत पूर्ननिर्माणका रणनीतिहरुमा छलफल गर्ने,
सम्मेलनका क्रममा आएका विचारहरुको संकलन गर्दै, नेपाल पूर्नर्निमाणमा काम लाग्न सक्ने विचारहरुको एउटा प्रतिवेदन तयार गर्ने ।
उपलब्धीहरु
यस सम्मेलनका उपलब्धीहरु निम्नानुसार हुने छन् ः
विपतका लागि पूर्वतयारी तथा व्यवस्थापन गर्न चाहिने संरचनाका बारेमा आएका सूझावमा आधारित एक रणनीतिक कार्यपत्र,
विपतको समयमा आर्थिक पूर्नउत्थान तथा आर्थिक बृद्धिको प्रवद्र्धन सम्बन्धी तयार पारिएको रणनीतिक कार्यपत्र ।
सम्मेलनका मुख्य विषयवस्तुहरु
विपतपश्चात नेपालमा असंख्य चूनौतिहरु आएका छन् । हामी भौगोलिक रुपमा भूकम्पको जोखिम भएको क्षेत्रमा बस्छौं भन्ने चेतनाले हाम्रो सामाजिक बनोट, बसाइ तथा आर्थिक क्रियाकलाप, सबैलाई पूनरावलोकन गर्नुपर्ने अवस्था जन्माएको छ । यस सोचको परिवर्तनले हाम्रो आर्थिक, राजनीतिक, सामाजिक तथा अर्थराजनितिक संरचनमा परिवर्तनको माग उठाएको छ । यसैले हामीले यस विपतको सामना गर्न, निम्न लिखित विषयवस्तुहरुमा छलफल तथा बहस गर्न अत्यावश्यक देखिन्छ ः
विपत व्यवस्थापन एवं तत्परताका लागि एक प्रभावकारी संस्थागत संयन्त्रको खाका निर्माण
नेपाल राज्यलाई विपतका बेलामा सबैभन्दा ठूलो प्राथमिक्ता भनेको आफ्नो जनताको जिउ, धनको रक्षा गर्नु नै हो । भूकम्पले आँफैमा कसैको ज्यान लिदैंन तर कति जना व्यक्तिले भूकम्पमा ज्यान गूमाए भन्नेकुरा सिधै हाम्रो पूर्वतयारी र विपत व्यवस्थापनसँग सम्बन्धित छ । बैशाख १२ को भूकम्पले हाम्रो विपत व्यवस्थापनमा रहेको कमजोरीहरुलाई औंल्याउन सकिने अवस्था सृजना गरेको छ । तर बैशाख १२ गतेकै भूकम्पले हाम्रो समाजमा रहेको सदभाव र एक अर्कालाई सहयोग गर्ने प्रबृत्तिको उजागर पनि गरेको छ । तसर्थ, नेपालले समुदाय र स्वमंसेवक परिचालन गरी विपत व्यवस्थापनको रणनीति अपनाई एक नमूना प्रस्तुत गर्न सक्छ । यस विषय अन्तर्गतका सत्रहरु निम्नानुसार छन् ः
- विपत व्यवस्थापनका योजना तथा कार्यन्वयन (संचालन कार्यविधिका मापदण्डहरु)
- विपतमा उद्धार कार्य (संस्थागत क्षमता बृद्धि)
- सामुदायिक सहभागिता, विपन्न वर्गको सहभागिता तथा पहुँचको सुनिश्चित्तता, जोखिमपूर्ण क्षेत्रको पहिचान
- सार्वजनिक सेवाहरुको व्यवस्थापन (स्वास्थ्य सेवा, शिक्षा तथा अन्य सरकारी सेवाहरु)
- सार्वजनिक संरचनाको व्यवस्थापन (बाटो, उड्डयन सेवा, बिजुली, खानेपानी, संचार)
अर्थतन्त्रको पुनःउत्थान तथा पुनर्निमाणका प्रयासहरुमा वित्त व्यवस्थापन
मानवको जीवनको रक्षा गरी मानवलाई विकासको बाटोमा लगाउने काम अत्यन्तै महत्वपूर्ण भएकाले यस काम गर्न चाहिने स्राेत साधन कसरी जुटाउने भन्ने पक्षमापनि सँग–सँगै बहस गर्न अत्यावश्यक हुन्छ । यसैगरी, बैशाख १२ को भूकम्पले विनाश साथसाथै नवर्निमाण तथा सूधारको अवसर पनि ल्याउँछ (भारतको गुजरातमा भूकम्प पश्चात भएको विकासले पनि यस्तो अवसरको पुष्टि गर्छ) । तसर्थ, छलफलका लागि अर्काे महत्वपूर्ण पाटो भनेको पूर्नर्निमाणका प्रयासहरुको वित्त व्यवस्थापन साथ–साथै अर्थतन्त्रको पुर्नउत्थान हो । विपतका बेलामा लिइएका वित्त तथा मौद्रिक नीतिको अर्थतन्त्रमा लामो समय सम्म असर रहन्छ । यस विषयवस्तु संग सम्बन्धित सत्रहरु निन्नानुसार छन् ः
- पूनर्निमाण तथा पुर्नस्थापनामा वित्त व्यवस्थापन (वित्तिय तथा मौदिक नीति)
- आर्थिक पुनःउत्थान ः कृषि, व्यापार, घरेलु, साना तथा मझौला उद्योग
- आर्थिकपुनःउत्थान ः पर्यटन
- निजी क्षेत्रको लगानी बढाउनका लागि तुरुन्तै चाहिने आर्थिक सुधारका पाटाहरु
सम्मेलनको विवरण
यस सम्मेलनको आयोजना नेपाल लिडर्स सर्कलले गरेको छ । नेपाल लिडर सर्कल राजनीतिक तथा आर्थिक सुधारका लागि प्रतिबद्ध राजनीतिज्ञ, सांसदहरु तथा व्यापार–व्यवसायी समुदायका सदस्यहरुको एक अनौपचारिक समुह हो । यस समूहले विगत ३ वर्षदेखि नेपालमा नीतिगत सुधारका बारेमा विचार–विमर्श गर्दै आइरहेको छ । यस समूहको बैठक तथा छलफल कार्यक्रमहरु समृद्धि, द प्रोस्पेरिटी फाउण्डेशनले सहजीकरण गर्दै आएको छ । समृद्धि फाउण्डेशन र नीति फाउण्डेशन यस कार्यक्रममा नलेज पार्टनरहरुका रुपमा रहनेछन् । यस सम्मेलनमा पार्टनहरुका रुपमा नेपाल उद्याेग वाणिज्य महासंघ, नेपाल उद्याेग परिसंघ, नेपाल युवा संस्था संजाल, महिला उद्यमी महासंघ नेपाल, नेपाल ईकोनोमिक एशाेशियसन, नेपाल बैंकर्स संघ, तथा नेपाल खुद्रा व्यापार संघ रहेका छन् ।
भूकम्प पश्चात प्रभावित क्षेत्रमा कार्यरत सम्पूर्ण व्यक्ति, संघ, संस्थालाई यस सम्मेलनमा सहभागी भई नेपाल पुनर्निर्माणका विषयमा आफ्ना विचारहरु राखिदिन आयोजक समितिले खुल्ला आवहान गरेको छ ।
सम्मेलनको पहिलो दिन विपत व्यवस्थापनका लागि चाहिने संस्थागत संरचनाका बारेमा छलफल आयोजना गरिनेछ भने दोस्रो दिन आर्थिक पुनःउत्थानका बारेमा छलफल केन्द्रित रहनेछ ।
Download “कार्यक्रम”
Nepali-Schedule-Main.pdf – Downloaded 643 times – 2.78 MBजेठ २८, सम्मेलनकाे पहिलाे दिन, नेपाल लिडरस् सर्कलका सदस्यहरु लगायत माननीय गृह मन्त्री तथा उपप्रधानमन्त्री ज्यूको सम्बाेधन सहितकाे भिडियाे