मण्डलामा योजनापार्क

समृद्धि फाउण्डेशन र मण्डला नाटकघरको संयुक्त प्रस्तुती ‘योजनापार्क’ यही चैत्र २८ सम्म अनामनगरको मण्डला नाटकघरमा चल्ने छ ! सो नाटक प्रसिद्ध अर्थशास्त्री एफ.ए.हायकलाई नेपाली नाटकिय क्षेत्रमा उतार्ने पहिलो प्रयास मध्ये्े एक हो । हायकको कृति ‘द रोड टु सर्फडम’ को नेपाली संस्करण समृद्धि फाउण्डेशनले सन् २०१२ मा ‘दासत्वको बाटो’ भनेर प्रकाशन गरेको थियो । ‘योजनापार्क’ यसै ‘दासत्वको बाटो’ मा आधारित एक अधिनायकवादी राज्य भएमा के कस्तो वातावरण सृजना हुन सक्छ भन्ने काल्पनिक रुपानतरण हो ।

नाटकले सरकारी योजनाको नाममा सरकारले आफूलाई कति शक्तिशाली पार्न सक्छ र सो शक्तिले आफूले रक्षा गर्नुपर्ने नागरिकको सपना कसरी कुल्चिदै जान्छ भनेर दर्साउन खोजेको छ । ६ जना दाजुभाईको साहारा लिई यो नाटकले सजिलो पारामा बढ्दै कथावस्तु बुझाउँछ ।

‘योजनापार्क’ले छोटो समयमा नै धेरै प्रशंसा बटुलिसकेको छ । २००० भन्दा बढी दर्शकहरुले सो नाटक हेर्न भ्याइसक्नु भएको छ ।

यदि सरकारले अपेक्षाको भारी बोकाउने संस्कारलाई अवसर दुरुपयोग गर्यो भने के हुन्छ ? उत्तर खोज्न मण्डला थिएटरमा चलिरहेको नाटक ‘योजनापार्क’ हेर्न जानु राम्रो विकल्प हो । घटनामा आधारित विषयको लेखन सहज कुरा हुन्छ, तर विचारमा आधारित लेखन पक्कै पनि कठिन कार्य हो । तर विचारलाई कलात्मक अभिव्यक्ति दिने कुरामा नाटकका लेखकले आफूलाई प्रमाणित गरेका छन् । नाटकमा प्रयोग गरिएका बिम्बहरू पनि शक्तिशाली छन् । –रातोपाटी

शासकमा बढी शक्तिशाली हुँदा जनताको हालत कस्तो हुन्छ? निरंकुशताको यही पराकाष्ठालाई ‘योजनापार्क’ मार्फत देखाउन खोजिएको छ। अनामनगरस्थित मण्डला नाटकघरमा चलिरहेको यो नाटकमा अन्यायसँग जुध्न नसकेका सर्वसाधारणको कथा उनिएको छ। –हिमाल खबर पत्रिका

सो नाटक हेर्ने सुवर्ण अवसर नछुटाउनुहोला !
नाटकको समयतालिकाः
हरेक दिन साँझ ५:१५ बजे  (सोमबार बाहेक)
शनिबार दिउँसो १ बजे पनि
स्थानः मण्डला नाटक घर अनामनगर (सिंहदरदरबार पुर्वि गेट अगाडी)