उपरोक्त सम्वन्धमा समृद्धि फाउण्डेशनले श्रावण २६ गते, बिहिबार (१० अगस्ट, २०१७) होटेल याक एण्ड यतीमा विहान ११:३० बजे देखि ‘स्थानीय तहको शासन संचालनका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ उपर सार्वजनिक छलफल कार्यक्रमको आयोजना गर्यो ।
व्यवस्थापिका संसद सचिवालयले तयार गरेको सो विधेयकले स्थानीय तहको अधिकार सम्वन्धि व्यवस्था कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तह बिचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्धन गर्न, जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता, सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न तथा स्थानीय तहको शासन सञ्चालन गर्ने सम्वन्धमा आवश्यक व्यवस्था गरेको छ।
नेपाल संघियता तर्फ जाँदै गर्दा भोलिका दिनमा यस कानुनले व्यावसायिक समुदाय लगायत अन्य विभिन्न सरोकारवाला समुहहरुको काम–कारवाहिमा पनि प्रत्यक्ष–अप्रत्यक्ष असर गर्ने हुँदा यस विधेयकमा भएका केहि जरुरी परिच्छेदहरुका बारेमा ती सरोकारवाला समुहहरुको पनि राय–सुझावहरु समेट्न सकियोस् भन्ने हिसाबमा विधेयकमाथि थप बहस संचालन गरिएको हो।
कार्यक्रममा विधेयकसँग सम्वन्धित निम्न लिखित विषयहरुमा छलफल भयो:
– गाउँपालिका र नगरपालिकाको काम, कर्तव्य र अधिकार, कार्यप्रणली र कार्यविधि
– गाउँपालिका र नगरपालिकाको योजना तर्जुमा तथा कार्यान्वयन प्रणाली तथा प्रकृया समन्वय तथा संयुक्त कार्य
– गाउँपालिका र नगरपालिकाको वित्तिय अधिकार
– गाउँपालिका र नगरपालिकाको आर्थिक कार्य प्रणाली
– गाउँपालिका र नगरपालिकाले आफ्नो अधिकार क्षेत्र भित्रका विषयमा ऐन बनाउन सक्ने अधिकार
– गाउँपालिका र नगरपालिकाको सम्पत्ति र दायित्व तथा बजेटको स्थानान्तरण
यी विभिन्न विषयहरुमा बहस गर्न अनुभवको आधारमा नेपाल सरकारका कर्मचारीवर्ग, नीति–निर्मातावर्ग, वकिलवर्ग, उद्यमी–व्यवसायीवर्ग लगायत पत्रकारवर्ग उपस्थित रहे ।
Download “स्थानीय तहको शासन संचालनका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक बारे छलफल कार्यक्रममा उठाइएका मुद्दा-मामिलाहरु”
स्थानीय-तहको-शासन-संचालनका-सम्वन्धमा-व्यवस्था-गर्न-बनेको-विधेयक.pdf – Downloaded 602 times – 96.06 KB