निकासका लागि बहस

नेपालको नयाँ संविधानका केही प्रावधानहरुमा असहमति जनाउँदै तराई मधेशमा शुरु भएको आन्दोलनका कारण तराई, पहाड, हिमाल सबैतीर जनजीवन प्रभावित भएको सबैमा सर्वविदीतै छ । लामो समयसम्म समाधान हुन नसक्दा एकातिर आन्दोलन भइरहेका क्षेत्रहरुको दैनिक जीवन कष्टकर हुनुका साथै र यससँगै गाँसिएका सयौं नेपाली युवा तथा बालबालिकको भविष्य झन् अन्योलमा पर्दै गएको छ । अर्कातिर आन्दोलनको प्रभाव देशका सबै भूभागमा बसोबास गर्ने घरपरिवारहरुमा गहिरिँदै गएको छ र सम्पूर्ण अर्थतन्त्र नै धारासायी हुने अवस्था आउन लागेको छ ।

आन्दोलनरत दलहरु र सरकार, दूवैले आ–आफ्नो तर्फबाट पहल गर्दा पनि समस्या समाधान हुन नसकेको अवस्थामा समस्याको दिगो समाधानका विकल्पहरु के छन् त भनेर दूवै पक्षहरुहरुले एकै मन्चमा आई खुल्ला रुपमा जनताका सामु वस्तुगत छलफल गर्नु आजको आवश्यकता हो ।

यिनै आवश्यकतालाई मध्यनजर गर्दै सृमिद्ध फाउण्डेशन तथा फ्याक्टस नेपालको पहलमा एक सर्वपक्षिय छलफल कार्यक्रम “निकासका लागि बहस” अायाेजना गर्न लागिएको हो । कार्यक्रम मुख्य टेलिभिजन च्यानल तथा रेडियोबाट प्रत्यक्ष प्रसारण गरिने छ ।

कार्यक्रमको विवरण
मिति         १९ मंसिर २०७२, शनिबार (२०१५ डिसेम्बर ०५)
समय         दिउँसो ३.३० बजेदेखि

जनताको प्रतिनिध्त्व गर्ने राजनीतिक दलहरुले अहिलेको अवस्थामा लिएको दृष्टिकोण पछाडिको तर्क र मर्मलाई यस्तो छलफल कार्यक्रमले वास्तविक रुपमा अघि ल्याउँछ तथा आपसी समझदारी बढाउन थप सहयोग पुर्याउनेछ भन्ने विश्वाश हामीले लिएका छौं ।

राजनीतिक प्रतिनिधिहरु र विज्ञहरु लगायत दर्शकहरु निम्न दुई विषयमा आधारित भई छलफल गर्नुहुनेछ

  • विषय १       नेपालको नयाँ संविधान र मधेशमा जारी आन्दोलन
  • विषय २       हालको अर्थराजनीतिक स्थिति मध्यनजर गर्दै नेपाल भारत सम्बन्ध

यस कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा (माओवादी), तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तथा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय स्तरका नेताहरुलाई वक्ताका रुपमा हामीले आमन्त्रण गरेका छौं ।

प्रस्तावित वक्ताहरु (राजनीतिक दलका प्रतिनिधिहरु)

 

मा. श्री उपेन्द्र यादव
अध्यक्ष, संघीय समाजवादी फोरम, नेपाल

श्री अशोक राई
सह–अध्यक्ष, संघीय समाजवादी फोरम, नेपाल

श्री महन्थ ठाकुर
अध्यक्ष, तराई–मधेश लोकतान्त्रिक पार्टी

श्री सर्वेन्द्रनाथ शुक्ला
महामन्त्री, तराई–मधेश लोकतान्त्रिक पार्टी

मा. श्री लक्ष्मणलाल कर्ण
सह–अध्यक्ष, सद्भावना पार्टी

श्री मनिष कुमार सुमन
महासचिव, सद्भावना पार्टी

मा. श्री सुशील कोइराला
सभापति, नेपाली काँग्रेश

मा. श्री रामशरण महत
केन्द्रिय सदस्य, नेपाली काँग्रेश

मा. श्री पुष्पकमल दाहाल (प्रचण्ड)
अध्यक्ष, एनेकपा (माओवादी)

श्री नारायणकाजी श्रेष्ठ (प्रकाश)
उपाध्यक्ष, एनेकपा (माओवादी)

मा. श्री माधव कुमार नेपाल
बरिष्ठ नेता, ने.क.पा. (एमाले)

मा. श्री भिम रावल
रक्षा मन्त्री, नेपाल सरकार

यससँगै पाँच जना विज्ञहरुको प्यानलको पनि छलफलमा उपस्थिति रहनेछ ।

कार्यक्रमका लाइभ दर्शक निमन्त्रणाद्वारा मात्र सहभागी हुनुहुनेछ ।