Publications

सूचना प्रविधि विधेयककाे समिक्षा

नेपालले बितेको लगभग एक दशकमा सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको छ । इन्टरनेट सेवा प्रदायकको सङ्ख्यामा भएको वृद्धिका साथै इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा आएको वृद्धिले सेवा र वस्तुउपर पहुँच वृद्धि गरेर आर्थिक वातावरण भने विचारको अभिव्यक्तिका लागि उपलब्ध मञ्चसम्मको पहुँचले सामाजिक राजनीतिक वातावरणको सहजीकरण गरेको छ । तर समग्रमा, सूचना तथा प्रविधिको वृत्तलाई नियमन गर्न नेपालसँग पर्याप्त कानूनी संरचनाको अभाव रहेको देखिन्छ । कागजी हिसाबमा, विद्युतीय कारोबार ऐनले इन्टरनेटमा हुने विनिमयलाई नियमन गर्ने तथा विद्युतीय माध्यमबाट यसको सहजीकरण गर्ने उद्देश्यका साथ लागू गरिएको भएता पनि केही वर्षपछि नै यो ऐनमा विद्युतीय कारोबारसँग सम्बन्धित प्रावधानहरू एकदमै कम रहेको प्रष्ट हुँदै आयो ।

अघिल्लो ऐनमा रहेको अपर्याप्तताको सन्दर्भमा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यी अपर्याप्ततालाई सम्बोधन गर्ने र सञ्चार तथा सूचना प्रविधिको बद्लिँदो वातावरण सुहाँउदो नयाँ प्रावधानहरू समेत समेट्ने अभिप्रायले एक विधेयक तयार पारेको छ ।

Download “सूचना प्रविधि विधेयककाे समिक्षा” Policy-Brief-on-ICT-Bill_Nepali.pdf – Downloaded 546 times – 1.12 MB