Publications

उपभाेक्ता संरक्षण ऐनकाे समिक्षा

उपभोक्ता संरक्षणसम्बन्धी कानूनले कुनै पनि अर्थतन्त्रमा उत्पादक तथा उपभोक्ताबीच हुने कारोबारका शर्तलाई नियमन गर्दछ र यस्ता कानूनले समग्र सामाजिक तथा आर्थिक विकासका महत्वपूर्ण भूमिका खेलेको हुन्छ । उत्पादकहरू स्वतन्त्र रूपमा उत्पादनजन्य गतिविधि सहभागी हुने र जनमानसका लागि रोजगारीका अवसर सिर्जना गर्न र पूँजीको सिर्जना गर्न अनुकूल वातावरणको सिर्जना गर्नु वाञ्छनीय भए पनि गुणस्तरीय वस्तु र सेवाप्रतिको उपभोक्ताको संवैधानिक अधिकारको रक्षा गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यी सिद्धान्तको अनुसरण गर्दै, यस ऐनले खतरनाक वस्तु तथा सेवाबाट सुरक्षा, उपभोक्ताका आर्थिक हितको प्रवद्र्धन तथा संरक्षण, पर्याप्त जानकारीमा उनीहरूको पहुँच, शिक्षा, गुनासो सम्बोधन गर्ने प्रभावकारी संयन्त्र, र स्वतन्त्र उपभोक्ता समूहको गठन लगायतका उपभोक्ता संरक्षणका विभिन्न पक्षहरूलाई समावेश गर्ने प्रयास गरेको छ ।

यद्यपि, यस्ता कानूनहरूलाई लागू गर्दा, यस्ता कानून निजी उद्यमशीलताका लागि व्यवधान नहुन भन्ने कुरा सुनिश्चित गर्नका लागि विशेष ध्यान दिनुपर्दछ किनभने निजी उद्यमशीलताले अर्थतन्त्रको वृद्धि तथा सम्पत्तिको सिर्जनालाई डो¥याएको हुन्छ । उद्यमशीलतासँग सम्बन्धित गतिविधिहरूलाई बाधा पु¥याउने उपभोक्ता संरक्षणका कानूनको अर्थतन्त्रमा गम्भीर नकारात्मक प्रभाव रहन्छ । तसर्थ, यस्ता कानूनको तर्जुमा गर्दा नीति निर्माताहरूले प्रस्तावित प्रावधानका विभिन्न लाभ र लागतलाई विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

Download “उपभाेक्ता संरक्षण ऐनकाे समिक्षा” Consumer-Protection-Act-Policy-Brief_Nepali.pdf – Downloaded 76 times – 1 MB

 164 people read this Publication.