उद्यमी बन्न चाहनेहरुका लागि तयार पारिएको यस हाते पुस्तकमा कम्पनी दर्ता, व्यवसायिक अवसरको पहिचान, ऋण लिने प्रक्रिया, स्वरोजगार, सीप सिक्ने अवसर प्रदान गर्ने संस्थाहरु, आदिका विषयमा चर्चा गरिएको छ ।
This handbook for aspiring entrepreneurs contains information on company registration process, identifying business opportunities, loan processes, opportunities of skill development and more.
Available only in Nepali.
“न्याय राज्यको पहिलो गुण हो । आधुनिक राज्यहरूको पहिलो अभिष्ट नै न्यायोचित समाजको स्थापना गर्नु हो । न्यायका धेरै अन्तरवस्तु र आयाम हुने हुँदा राज्यको प्राथमिकताका विषयमा कति र कस्ता अन्तरवस्तु वा आयामहरू हुने भन्ने कुरामा भने मानिसहरूबीच एक मत छैन । तथापि एउटा नागरिकका आधारभूत सरोकारको कुरा गर्दा राजनीतिक, सामाजिक र आर्थिक न्यायमाथिको पहुँच अग्रस्थानमा आउने विषय हुन् । एउटा सभ्य, संमृद्ध र सम्पन्न राज्यको निर्माणका लागि राजनीतिक स्वतन्त्रताको न्यायमात्र पर्याप्त नहुने कुरा विश्वअभ्यास र स्वयम् हाम्रो अनुभवले पनि सिकाएको पाठ हो । अतः राज्यको नयाँ संविधान निर्माण गर्ने प्रक्रियामा राजनीतिक न्यायका साथसाथै आर्थिक तथा सामाजिक न्यायका विषयमा पनि गम्भीर छलफल र विचारविमर्श हुनु आवश्यक छ ।” – An excerpt
26 people read this Publication.