भूमिको उपयोगलाई नियमन गर्न तथा भूमिको अनियोजित तथा अवैज्ञानिक उपयोगले निम्त्याउने नकारात्मक बाह्य प्रभावहरूलाई न्यूनीकरण गर्नका लागि भूउपयोगसम्बन्धी नियमनहरू ल्याइन्छन् । यी नियमनहरू आवासीय क्षेत्रमा औद्योगिक प्रतिष्ठानलाई स्थापना हुन नदिएर संविधानप्रदत्त सफा वातावारणको हकलाई संरक्षण तथा कार्यान्वयन गर्नका लागि, माटोको गुणस्तर तथा उर्वरा शक्तिमा ह्रास ल्याउनसक्ने कुनै पनि क्रियाकलापलाई प्रतिबन्धित गरेर प्रति हेक्टर उत्पादकत्व बढाएर कृषिजन्य उत्पादकत्वलाई अभिवृद्धि गर्नका लागि पनि प्रयोग हुन्छन् । हालै कार्यान्वयनमा आएको भूउपयोग ऐनले भूमिको वर्गीकरण गरेर, भूमिको वर्गीकरणअनुसार दर्ता गराएर, भूमिको वर्गीकरण फेर्नमा बन्देज लगाएर र कानूनको उल्लंघन गरेमा सजायको व्यवस्था गरेर माथि उल्लेखित उद्देश्यहरू हासिल गर्ने प्रयोजन राखेको छ । यस ऐनको प्रयोजन प्रशंसनीय छ । तथापि, सरकारको यस पहलको भविष्यमा पर्नसक्ने असरहरूको मूल्याङ्कन गरेर मात्र यस ऐनको मूल्याङ्कन जरुरी छ ।
Download “भूउपयोग ऐनकाे समिक्षा” Land-Use-Act_Nepali.pdf – Downloaded 746 times – 1.07 MBPublications
भूउपयोग ऐनकाे समिक्षा
