व्यवसायिक सुशासनको सुनिश्चितताका लागि कम्पनी ऐन एक महत्वपूर्ण र प्रमुख पूर्वशर्त हो । यो कम्पनीहरूको दर्तादेखि सञ्चालन र बहिर्गमनसम्मका पक्षहरूलाई नियमन गर्ने कानून हो । कुनै पनि राष्ट्रको सामाजिक तथा आर्थिक परिदृश्यमा कम्पनीहरूको उल्लेखनीय भूमिका रहने हुँदा यस ऐनले उपयुक्त हुने अवस्थासम्म पारदर्शीता तथा संस्थागत प्रशासनको उच्चतम् मानक स्थापित गराउन प्रोत्साहित गरेको हुन्छ ।
यो ऐन कम्पनीहरूमा प्रशासनलाई सुदृढीकरण गर्न तथा सुधारिएको कार्यसम्पादन गर्ने प्रयास गरेको हुन्छ । तर यो ऐन आफैँमा २०० पृष्ठ लामो कानूनी दस्तावेज भएकाले यस ऐनमा समेटिएका प्राविधिक पक्ष तथा जटिलतालाई कुनै पनि उद्यमीले पूर्ण रूपमा नबुझ्ने पनि हुनसक्छ । त्यसैले, उद्यमीहरूले पालना गर्न नसक्ने प्रकारका प्रावधानहरू हटाउँदै उक्त ऐनको आकारलाई पुनरावलोकन गर्नु तथा घटाउनु अपरिहार्य भएको छ ।
Download “कम्पनी विधेयककाे समिक्षा” Companies-Bill-Policy-Brief_Nepali.pdf – Downloaded 672 times – 1.27 MB